एसईईको नतिजा सार्वजनिक

काठमाडौँ: परीक्षा(एसइई) को नतिजा सार्वजनिक भएको छ । बेलुका बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयअनुसार एसइई नतिजा सार्वजनिक गरेको छ।

अहिले बोर्डले पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको छ।

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो । प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो ।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

Loading...