अत्तरिया : कैलालीको अत्तरियामा साकुरा एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका-२, अत्तरिया बसपार्क नजिक एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा आएको हो । आज (शनिबार) एक कार्यक्रमका विच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उक्त एजुकेसन कन्सल्टेन्सीको उद्घाटन गरेका छन् ।
साकुरा एजुकेसन कन्सल्टेन्सी तीन जना कमला शाह, रोशनी मल्ल र किरण जेठाराको संयुक्त लगानीमा सञ्चालन गरिएको हो । काठमाण्डौ बागबजार स्थित हेलो एजुकेसन कन्सल्टेन्सीको मुख्य कार्यालय अन्तर्गत अत्तरियामा पनि साकुरा एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको सञ्चालक रोशनी मल्लले बताईन् । उनले बिद्यार्थी तथा रोजगारीमा इच्छुक व्यक्तिहरूलाई जापान र कोरियामा अध्ययन तथा रोजगारीका लागि योग्य बनाउने उद्देश्यले कन्सल्टेन्सीले विभिन्न तयारी कक्षाहरू सञ्चालन गरिरहेको बताईन् ।
यसैगरी साकुरा एजुकेसन कन्सल्टेन्सीले भाषा तालिमदेखि बिभिन्न अन्तरवार्ता तयारी कक्षाहरू पनि सञ्चालन गरेको बताईएको छ । कन्सल्टेन्सीमा कोरियन र जापानी भाषाका कक्षा सञ्चालनका साथै, अष्ट्रेलिया, क्यानडा, युके, डेनमार्क लगायत युरोपका विभिन्न देशहरूमा अध्ययन तथा रोजगारीको लागी जान चाहनेहरूलाई सहजीकरण समेत प्रदान गरिएको जनाएको छ ।
साथै जापान र कोरियाबाट बाट आएका अनुभवी प्रशिक्षकहरूले कोरियन र जापानी भाषामा शैक्षिक तथा व्यवहारिक प्रशिक्षण दिनुका साथै कन्सल्टेन्सीले बेसिकदेखि एड्भान्स स्तरसम्मका कक्षाहरू सञ्चालन गर्ने जनाएको छ ।
