अत्तरिया : कैलालीको गोदावरी नगरपालिका शिक्षण सिकाई अनुदान नगर कार्यसमितिको अध्यक्षमा केशब बिष्ट चयन भएका छन् । आज अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा गोदावरीका संघिय शिक्षण सिकाई अनुदान मार्फत अध्यापन गराईरहेका शिक्षकहरुको भेलाले समैजी माविका शिक्षक बिष्टलाई अध्यक्षमा चयन गरेको हो ।
जसको उपाध्यक्षमा सरस्वती जोशी, सचिवमा मुन्ना बहादुर दमाई र कोषाध्यक्षमा कृष्णा कुमारी महरा चयन भएका छन् । यस्तै सदस्यहरुमा हरि प्रसाद अवस्थी, टोपेन्द्र मलासी, चन्द्रा बिष्ट, मुकुन्द शर्मा, सिद्धराज जोशी, कृष्ण वि.क र महेश नेपाली रहेका छन्।
यसैगरी रामचन्द्र शाहीको संयोजकत्वमा चक्र बहादुर वि.क र राम बहादुर मौनि सदस्य रहनेगरी सल्लाहकार समिती पनि गठन गरएको छ ।
यसभन्दा अगाडी गठन गरिएको समितीका अध्यक्ष देवेन्द्र कुवँर प्रदेश कार्य समितीमा गएपछि नयाँ नगर कार्य समिती चयन गरिएको बताईएको छ । कैलाली जिल्ला अध्यक्ष चन्द्र बहादुर खातीको प्रमुख आतिथ्यतामा नगर कार्य समिती चयन गरिएको हो।
हाल गोदावरी नगरपालिकामा संघिय शिक्षण सिकाई अनुदान मार्फत करिब ३९ जना शिक्षकहरु रहेका छन् ।
