अत्तरिया : कैलालीको अत्तरियामा न्यू सुदूरपश्चिम दोहोरी साँझ सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका-२ बसपार्क अत्तरियामा दुईजना युवा व्यवसायी खेम साउँद र बिनोद शाहको संयुक्त लगानिमा दोहोरी साँझ आजदेखि सञ्चालनमा ल्याईएको हो।
उक्त दोहोरी साँझको आज (शनिबार) एक कार्यक्रमका विच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका छन्। दोहोरी साँझको उद्घाटन गर्दै नगर प्रमुख भट्टले यस क्षेत्रमा बाह्रय एवं आन्तरिक पर्यटनकलाई भित्र्याउने बताउदै उनले आर्थिक पाटोलाई पनि यस क्षेत्रलाई अगाडि बढाउने विश्वास लिएको बताए । उनले कला तथा व्यवसायी क्षेत्रलाई अगाडि बढाउन स्थानिय सरकार सदैब साथमै रहने प्रतिबद्धता व्यक्त गरे ।

मनोरञ्जनमुलक व्यवसायले विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ । सञ्चालक शाहले करिब ५५ लाखको लागतमा दोहोरी साँझ संचालनमा ल्याईएको बताएका छन् । उनले केवल रमाइलोको लागी र ब्यवसायीक रुपमा मात्रै नभएर यो ठाउँको कला, संस्कृती जगेर्ना गर्नका निमित्त दोहोरी साँझ सञ्चालन गरेको बताए । सञ्चालक शाहले दिनभरिको थकानलाइ केहि हदसम्म भएपनि मेटाउनका निमित्त दोहारी साँझले रमाईलो दिलाउने बताए ।
उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट, वडा नम्बर १० का वडाध्यक्ष रबिन्द्र शाही (गुड्डु), होटल व्यवसायी केन्द्रीय उपाध्यक्ष धना चोखाल, कलाकारहरु लगायतको उपस्थिति रहेको थियो ।
