कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

अत्तरिया : धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिक बैतडी शिगास गाउँपालिका–९ बस्ने सन्दिप चन्द र धनगढी उपमहानगरपालिका–१४ बस्ने आकाश मगरलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो।

पक्राउ परेका चन्द र मगरको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ।

Loading...