विष्णुराज भण्डारीको अग्रसरतामा काठमाडौँमा जापान अध्ययन तथा रोजगारी लक्षित ‘र्युगाकु ब्रिज एजुकेसन एन्ड आइटी’ सञ्चालनमा

अत्तरिया : जापानमा अध्ययन र रोजगारीको अवसर खोजिरहेका नेपाली विद्यार्थी तथा युवाहरूका लागि राजधानी काठमाडौँको पुतलीसडकमा नयाँ संस्था ‘र्युगाकु ब्रिज एजुकेसन एन्ड आइटी प्रा.लि.’ (Ryugaku Bridge Education & IT Pvt. Ltd.) सञ्चालनमा आएको छ।

विष्णुराज भण्डारीको नेतृत्वमा सञ्चालनमा आएको उक्त संस्थाले विद्यार्थी भिसा तथा कामदार भिसाको प्रक्रियामा आवश्यक सम्पूर्ण सेवा, सहयोग र परामर्श पारदर्शी र भरपर्दो रूपमा उपलब्ध गराउने जनाएको छ।

संस्थाले जापान जान इच्छुक युवाहरूका लागि जापानी भाषा सिक्नको लागि निःशुल्क कक्षा सञ्चालन गर्नेछ। त्यससँगै, कागजात तयारी (डकुमेन्टेसन) मा पनि निःशुल्क सहायता प्रदान गरिने जानकारी दिइएको छ। जापानको अध्यागमन विभागबाट जारी हुने योग्यता प्रमाणपत्र (Certificate of Eligibility – COE) प्राप्त गरेपछि मात्र शुल्क तिर्नुपर्ने सुविधा यस संस्थाको एक विशेष आकर्षण हो।

शैक्षिक अन्तराल (ग्याप) भएका वा कम अङ्क ल्याएका विद्यार्थीहरूले पनि सजिलै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। जापानी भाषा परीक्षाहरू (JLPT वा NAT) नदिएका विद्यार्थीहरूका लागि पनि अवसर दिइनेछ।

संस्थाले जापानमै रहेका अनुभवी प्रशिक्षकहरूमार्फत प्रत्यक्ष काउन्सेलिङ (परामर्श) कक्षा सञ्चालन गर्नेछ भने जापान पुगिसकेपछि पनि पार्ट टाइम कामको व्यवस्था मिलाउन समन्वय गर्नेछ।

अनुभवी टिममार्फत सजिलो, सुरक्षित र पारदर्शी प्रक्रिया अपनाइने संस्थाले जनाएको छ। साथै, इच्छुक विद्यार्थी तथा युवाहरूले आफूलाई मन परेको जापानी सहर रोजेर त्यहीँको शैक्षिक संस्थामा आवेदन दिन सक्नेछन्।

उच्च भिसा सफलता दर रहेको यस संस्थाले पढाइ सकेपछि स्थायी रोजगारीको पनि राम्रो सम्भावना हुने जनाएको छ। ‘विदेशमा अध्ययन र भविष्य बनाउने सपना बोकेका नेपाली युवायुवतीहरूलाई सहज, भरपर्दो र किफायती माध्यमबाट सेवा दिनु नै मेरो सानो प्रयास हो,’ संस्थापक भण्डारीले बताए।

 

Loading...