कञ्चनपुरमा लागूऔषधसहित २९ वर्षीय युवक पक्राउ

अत्तरिया : कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–८ पचुई ईटाभट्टी नजिकबाट ५.७० ग्राम लागूऔषधसहित बेलौरी–६ हात्तीबोझाका २९ वर्षीय जयराम राना बुधबार साँझ पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Deep Jyoti Pustak psl
Loading...