दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भोलि शोक बिदा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा भोलि शोक बिदा दिइएको छ ।

स्नातक तह प्रथम बर्ष दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी कविता कुँवरको असमायिक निधन भएकाले क्याम्पसले शोक बिदा दिएको जनाएको हो ।

क्याम्पसले मंगलबार आफ्नो फेसबुक पेज (सामाजिक सञ्जाल)मा एक सूचना जारी गर्दै उनको असमायिक निधन भएको प्रति दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।

Loading...