कैलालीमा वन मुद्दामा फरार एक महिला र दुई पुरुष पक्राउ

धनगढी : वन मुद्दामा फरार कैलालीको एक महिला र दुई पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–९ बस्ने ४५ वर्षीय मान सिंह बटला, ४२ वर्षकी निरा देबी मगर र ४६ वर्षका देबबहादुर चौधरी रहेका छन्।

जिल्ला अदालत कैलालीको मिति २०८१ भदौ १८ गतेको फैसलाले बिना ईजाजत वन पैदावार मुद्दामा जनही १ लाख २५ हजार ४६३ जरिवाना तोकिएपछि तीनै जना फरार रहेका थिए।

इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पहलमानपुर बजारबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

Loading...