सुदूरपश्चिममा दर्ता भएका सवारी साधनको सङ्ख्या २ लाख बढि

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा दर्ता भएका सवारी साधनको सङ्ख्या २ लाख २१ पुगेको छ ।

मंगलबार आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा दर्ता हुने सवारी साधनको सङ्ख्या बढेर २ लाख २१ हजार ४६४ पुगेको बताएका हुन ।

उनले आफ्नो कार्यकालको एक वर्षमा मात्रै प्रदेशमा १४,७३२ सवारी साधन दर्ता भएको बताए ।

Loading...