कञ्चनपुर : कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।
आज (मंगलबार) दिउँसो शुक्लाफाँटा नगरपालिका-११ बनरापुलस्थित पूर्व पश्चिम राजमार्गमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका-७ पिताम्बरका ४४ वर्षीय गजेन्द्र बहादुर कुँवरको मृत्यु भएको हो ।
धनगढीबाट महेन्द्रनगर तर्फ जादै गरेकोे सुपप्र.०२००३प४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए ।
दुर्घटनामा टाउकोमा चोट लागेर गम्भिर घाइते भएका कुँवरको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।