धनगढी : धनगढीको नास्ट कलेजबाट कक्षा १२ को परिक्षामा ६९.२१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । सोमबार सार्वजनिक भएको परिक्षामा उक्त कलेजका कुल विद्यार्थी मध्ये ६९.२१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन ।
विद्यालयमा रहेका कुल ६०१ विद्यार्थीमध्ये ४१६ जना उत्तिर्ण भएको कलेजले जनाएको छ । जसमध्ये विज्ञान संकायका २८६ जना विद्यार्थी उत्तिर्ण भए भने व्यवस्थापन संकायका १३० जना विद्यार्थी उत्तिर्ण भएको कलेजका प्रिन्सिपल उपेन्द्र बमले बताए । उनका अनुसार नास्ट कलेजका विद्यार्थी कपिल भण्डारीले कैलालीमै सबैभन्दा बढी जीपिए प्राप्त गरेका छन ।
विज्ञान संकायका विद्यार्थी भण्डारीले ३.९५ जीपिए ल्याएको प्रिन्सिपल बमले बताए । कलेजबाट ४२ जना विद्यार्थीहरुले ए प्लस ग्रेड ल्याएको उनको भनाई छ ।
नास्ट कलेज पछिल्लो समय उत्कृष्ट नतिजा र शैक्षिक उपलव्धि सहित विगत लामो समयदेखि यस क्षेत्रको उच्च शिक्षामा महत्वपूर्ण योगदान पुर्याउदै विद्यार्थी र अभिभावकहरुको विश्वास जित्न सफल भएको छ।