कञ्चनपुर : महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको छ ।
मंगलबारदेखि नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको हो । बिहीबार ११ बजेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
११ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव ८६ हजार ८७४ क्युसेक रहेको छ । महाकालीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।
