अत्तरिया : कञ्चनपुरबाट प्रहरीले चार लाख बढीको भन्सार छलीको अवैध सामान बरामद गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका–४ बाट अन्दाजी ४ लाख १३ हजार ८ सय ५० मुल्य बराबरको अवैध सामान बिहीवार बरामद गरेको हो।
विभिन्न किसिमका डि.ए.पि., कोपिला पशु आहार, युरिया, धनियाको बिँउ र सिमीको बिउ लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको सामान कारबाहीका लागि शुक्रवार भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।