डोटीमा खोलामा डुबेर १२ वर्षीया बालिकाको मृत्यु

डोटी : डोटीमा खोलामा डुबेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ।

शुक्रवार जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ मा रहेको टुँडागाड खोलामा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको हो।

सातफरी स्वास्थ्य चौकीमा कार्यरत हर्क विष्टकी १२ वर्षीया छोरी रन्जिता विष्टको मृत्यु भएको स्थानीय तारा साउदले जानकारी दिए। मृतक विष्ट कक्षा ३ मा अध्यनरत थिइन्।

Deep Jyoti Pustak psl
Loading...