अख्तियारको कार्यालय कञ्चनपुरमा अनियमितता विरुद्ध उजुरी दर्ता गराउनेको संख्या बढ्दो

अत्तरिया : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दुई सातामै २५ वटा उजुरी दर्ता भएका छन्।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट गरी अनियमितता विरुद्धका २५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दर्ता भएको पाइएको छ।

कार्यालयमा सबैभन्दा बढी स्थानीय तहसँग सम्वन्धित उजुरी दर्ता भएको कार्यालयले जनाएको छ। विभिन्न माध्यमबाट अनियमितता विरुद्ध उजुरी दर्ता गराउनेको संख्या बढेको हो।

चालु आर्थिक वर्ष सुरु भएसँगै यस्ता उजुरीको संख्या दैनिक रुपमा बढ्न थालेको कार्यालयको अभिलेखले देखाएको छ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक दोस्रो सातासम्म अनियमितता विरुद्धका तीन सय ६५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका छन्।

सबैभन्दा बढी साउन महिनामा एक सय ७३, भदौ महिनामा ८५, असोज महिनामा ८२ तथा कात्तिकको दोस्रो सातासम्म २५ गरी अहिलेसम्म कुल तीन सय ६५ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...