भारतमा सवारी दुर्घटनामा परि एकै परिवारका ५ नेपालीको मृत्यु

काठमाण्डौ : भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ ।

कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका भन्ने ठाउँमा ट्रक र मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा परि सुर्खेतका एकै परिवारका पाँच जनाको ज्यान गएको हो ।

सुर्खेतको चौकुने गाउँपालिका–७ अमलाटाकुराका रतन नेवार, उहाँकी श्रीमती अस्मिता, पाँच वर्षीय छोरा मिलन, दुई वर्षका छोरा धड्कन र बुहारी (भाइकी श्रीमती) सुस्मिता नेवारको ज्यान गएको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिनुभयो ।

नेवार परिवार रोजगारीको सिलसिलामा भारत पुगेका थिए । उनीहरूको उतै अन्त्येष्टि गर्ने तयारी भइरहेको गाँउपालिका अध्यक्ष विकले बताउनुभयो ।

Loading...