कोशीमा सरकारबाट बाहिरिने एमालेको तयारी

विराटनगर : नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

मुख्यमन्त्री केदार कार्कीले सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्र र जनता समानवादी पार्टीलाई सरकारमा सहभागि गराएका कारण एमालेले सरकार छाड्ने बताएको हो ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारबाट बाहिरिने बताए । यसको औपचारिक निर्णय भने सोमबार गर्ने उनले बताए ।

सोमबार प्रदेशसभाको बैठक बस्दैछ । बैठकअघि बस्ने पार्टीको संसदीय दलको बैठकबाट निर्णय गरेर बाहिरिने उनको भनाइ छ ।

‘हामी सोमबार दलको बैठक राखेर निर्णय गर्छौं,’ उनले भने,‘ हाम्रो कुरा क्लियर छ, गठबन्धन दललाई ल्याउँने हो भने हामी बाहिरिन्छौं भनेकै छौ ।’

२७ असोजमा कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

२८ असोजमा सरकार विस्तार गर्दा उनले एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

आज उनले माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

Deep Jyoti Pustak psl
Loading...