दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ

दार्चुला : दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्।

दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले स्थित गोकुलेश्वर मार्मा सडक खण्डको छेउबाट संकास्पद रुपमा हिडिरहेको अवस्थामा बैतडीको डिलाशैनी गाउँपालिका–७ ऐर गाउँ बस्ने ५० वर्षीय भान सिंह ऐर पक्राउ परेका हुन्।

ऐरले बोकेको झोला खाँनतलासी गर्दा उक्त झोला भित्र चितुवाको छाला लम्बाई ६ फिट ३ ईन्च (शिरदेखि पुच्छरसम्म)सहित जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वेर, दार्चुलाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...