अत्तरियामा बागेश्वरी मल्टिमोटर्सको ‘एक्सचेन्ज मेनिया’ सुरु

अत्तरिया : कैलालीको अत्तरियामा टीभीएसको ‘एक्सचेन्ज मेनिया’ अफर सुरु भएको छ । जगदम्बा मोटर्स नेपालको अत्तरियाका लागि आधिकारिक बिक्रेता बागेश्वरी मल्टीमोटर्सले आइतबार देखि अत्तरिया बसपार्कमा एक्सचेन्ज मेनिया अफर सुरु गरेको हो ।

भाद्र ६ गते सम्म सञ्चालन हुने एक्सचेन्ज मेनिया अफर पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बागेश्वरी मल्टिमोटर्सका सञ्चालक प्रेम साउदले बताए ।

उनले एक्सचेन्ज मेनियामा जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर ल्याएर टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरसँग साट्न पाइने बताए ।एक्सचेन्ज अफर अन्तर्गत जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल र स्कुटरमा बजार मूल्याङ्कन भन्दा १० हजार थप गरिने र एक्सचेन्जमा गुड्दै नगुड्ने कुनै पनि कम्पनीको मोटरसाइकल तथा स्कुटर ल्याउँदा न्यूनतम मूल्याङ्कन ३० हजार गरिने उनले बताए ।

उनले एक्सचेन्ज मेनियामा टीभीएस कम्पनीका मोटरसाइकलका विशेषता र अपग्रेडको बारेमा जानकारी लिन सकिने बताए । उनले एक्सचेन्ज मेनियामा टीभीएस कम्पनीको दुई वटा नयाँ रङ्गको स्कुटर र मोटरसाइकल प्रदर्शनमा राखिएको बताए ।

यस्तै अफर अन्तरगत नयाँ मोटरसाइकल खरिद गर्दा ८ हजार र नयाँ स्कुटर खरिद गर्दा ६ हजार रुपैयाँ बराबरको नगद छूट उपलब्ध गराइने बताइएको छ । साथै फ्री एक्सेसोरिज सुविधा अन्तर्गत हेलमेट, ब्याग र बाइक कभर निःशुल्क दिइने जनाइएको छ ।

Loading...