आलितालको इतिहास झल्काउने नयाँ देउडा गीत ‘इतिहास तेरो मेरो’ सार्वजनिक

अत्तरिया : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा पर्ने (ताल) ‘आलिताल’ को गौरवशाली इतिहास झल्काउने नयाँ देउडा गीत ‘इतिहास तेरो मेरो’ सार्वजनिक गरिएको छ।

गायक राम प्रसाद उपाध्याय र गायिका चम्फा देवी बोहराको सुमधुर स्वरमा सजिएको यस गीतलाई दर्शक श्रोताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। गीतमा ऐतिहासिक पृष्ठभूमि र आलितालको विशेषताहरूलाई शब्दमार्फत प्रस्तुत गरिएको छ।

गीतको शब्द आर सी भट्ट र चम्फा बोहराले लेखेका हुन् भने लय संयोजनमा गायक उपाध्याय र बोहराकै योगदान रहेको छ। यस गीतमा कलाकार शुरेश बिष्ट र निर्मला धामीले आकर्षक अभिनय प्रस्तुत गरेका छन्, जसले गीतलाई अझै जीवन्त बनाएको छ।

चम्फा क्रिएसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतलाई निर्देशक अमित नेपालीले निर्देशन गरेका हुन्। सार्वजनिक भइसकेको केही समयमै गीतले सामाजिक सञ्जालमा राम्रै चर्चा बटुलेको छ।

संगीतप्रेमीहरूले यो गीतलाई आलितालको ऐतिहासीक सांस्कृतिक पहिचान मात्र नभई सम्पूर्ण सुदूरपश्चिमको गौरव झल्काउने एउटा सफल देउडा गीत भएको बताए।

हेर्नुहोस भिडीयो :

Loading...