भरुवा बन्दुकसहित डडेल्धुरामा एक जना पक्राउ

डडेल्धुरा : डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्लाको आलिताल गाउँपालिका–४ रज्यौडा बस्ने दिपक सिजालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

प्रहरीले दपक सिजाली र गगन बोहराको घर कोठा खानतलासी गर्दा दुवै जनाको घर कोठाबाट १/१ नाल गरी जम्मा २ नाल भरुवा बन्दुक फेला पारी उक्त बन्दुकसहित दिपक सिजालीलाई नियन्त्रणमा लिएको र गगन बोहरा भने फरार रहेको जनाएको छ।

फरार रहेको बोहराको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Deep Jyoti Pustak psl
Loading...