दार्चुलामा चरेशसहित २२ वर्षीय युवक पक्राउ

दार्चुला : दार्चुलामा चरेशसहित एक युवक पक्राउ परेका छन्।

दार्चुलाको महाकाली नगरपालिका ४ महाकाली करीडोरबाट सोही ठाउँ बस्ने २२ वर्षीय युवक किसन लुहार चरेशसहित पक्राउ परेका हुन्।

लुहारलाई चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम लागूऔषध चरेश फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...