डोटी : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालले आफ्नो जमिन कुटनितिक रुपमा फिर्ता ल्याउनुपर्ने बताएका छन ।
शुक्रबार प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन । उनले नेपालले आफ्नो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्ने बताए ।
‘हामीले हाम्रो जमिन आफैँ फिर्ता ल्याउन सक्नुपर्छ’ उनले भने ‘युद्ध गरेर होइन, प्रभावकारी कूटनीति अपनाएर जमिन फिर्ता ल्याउन सक्नुपर्छ, प्रभावकारी कूटनीति भनेको भारतसँग कूटनीतिक पहल बनाउनुप¥यो, अन्तर्राष्ट्रिय जगतमा पनि हामीले यो विषय लिएर जान सक्नुप–यो ।’
मन्त्री पौडेलले कालापानी लिपुलेकको विषयलाई नेपालले अन्तर्राष्ट्रियकरण गर्न नसकेका कारण प्राप्त गर्न नसकिरहेको बताए । ‘कालापानी लिपुलेक हाम्रो हो, प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नसकेका कारण हामीले यो भूमिलाई प्राप्त गर्न सकिरहेका छैनौँ’ उनले भने ‘सबै प्रमाणका आधारमा यो भूगोल हामीले प्राप्त गर्नुपर्छ ।’
मन्त्री पौडेलले छिमेकी राष्ट्र भारत र चीनले आफ्नो स्वार्थका लागि नेपाली भूमि खोस्न तयार भएको आरोप समेत लगाए । मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा यो विषय उठान गर्ने विश्वास व्यक्त गरे ।
