साउनमा १९७ वटा विद्युतीय कार, जीप र माइक्रोबस आयात

काठमाडौं : चालु आर्थिक वर्ष ०८२/८३ को साउनमा १९७ वटा विद्युतीय कार, जीप र माइक्रोबस आयात भएका छन् । भन्सार विभागका अनुसार, साउन महिनामा ५२ करोड ४० लाख ९६ हजार रुपैयाँका २०० किलोवाटसम्मका विद्युतीय कार, जीप, भ्यान र माइक्रोबस आयात भएका हुन् ।

५० किलोवाटसम्मका २१ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । ५१ देखि १०० वाटसम्मका १०७ वटा विद्युतीय कार, जीप र भ्याल आयात भएका छन् । त्यसैगरी १०१ देखि २०० किलोवाटका ३१ वटा र ३८ वटा ११ देखि १४ सिटे माइक्रोबस आयात भएका छन् ।

१९७ विद्युतीय कार, भ्यान, जीप र माइक्रोबस आयातबाट ३० करोड ५५ लाख ४३ हजार राजस्व संकलन भएको विभागले जनाएको छ ।

Loading...