कञ्चनपुरमा जंगली हात्तीले घर भत्कायो

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका जंगली हात्तीले आतंक मच्चाएको छ ।

चुरे क्षेत्रमा रहेको हात्तीको बथान नजिकका बस्तीहरूमा लगातार प्रवेश गरी घर तथा खेतबालीमा क्षति गरेर आतंक मच्चाउन थालेको हो । हात्तीले आइतबार राति पनि कृष्णपुर नगरपालिका–१ पुतली बजारका गणेशप्रसाद भाटको घर भत्काएको छ ।

हात्तीले भाटको घर भत्काउनुका साथै घरमा रहेको खाद्यान्न नष्ट गरेको ऐश्वर्या सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीले बताए । उनले हात्तीको आतंक वढेपछि स्थानीय त्रसित भएको बताए ।

Loading...