अत्तरिया : कञ्चनपुरमा अवैध रुपमा भित्र्याइएका कुखुराका चल्ला बरामद गरिएको छ ।
सोमबार कञ्चनपुर प्रहरीले अन्दाजी २३ हजार ४० रुपैया बराबरका अवैध रुपमा भित्र्याइएका कुखुराका चल्ला बरामद गरेको हो ।
जिल्लाको भीमदत्त नगरपालिका– ९ मटेनाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका कुखुराका चल्ला बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ब्रह्मदेव कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त कुखुराका चल्लाहरु बेवारिसे अवस्थामा फेला पारेको बताईएको छ ।
