कञ्चनपुरका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान बेलौरी–३ बन्धाताल र पुनर्बास–११ टाउके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ६१ हजार बराबरको सामान बरामद गरिएको छ।

भन्सार छलीको चिनी, बिडी, चुरोट, बोईलर कुखुरा, मोटरसाइकल थान–२ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...