भीरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

दार्चुला : दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

नौगाड गाउँपालिका–६ खालिडाडा बस्ने ५० वर्षकी ऐति धामीको घर नजिकै रहेको जंगलमा घास काटेर घर फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।

बिहीवार भीरबाट अन्दाजी १५० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...