आज १८औँ पुस्तकालय दिवस

काठमाण्डौ : आज १८औं पुस्तकालय दिवस, देशभर मनाईंदैछ । पुस्तक दिवसको यस वर्षको नारा ‘हाम्रो पुस्तकालय स् हाम्रो भविष्य’ रहेको छ ।

दिवसको अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँके कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र स्रोत केन्द्रलाई यो वर्षको उत्कृष्ट पुस्तकालय सम्मान प्रदान गर्ने भएको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ का गृहमाननसिंह श्रेष्ठलाई उत्कृष्ट पुस्तकालय अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का जगदीशचन्द्र अर्याललाई उत्कृष्ट पुस्तकालयकर्मीका रूपमा सम्मान गर्ने निर्णय समेत गरेको छ । पुस्तकालय दिवस मूल समारोहमा उकृष्ट सम्मान, स्मारिका लोकार्पण तथा ‘रुम टु रिड’ को सहयोगमा कपिलवस्तुका तीन गाउँपालिकाभित्र ४८ विद्यालय पुस्तकालयको ‘भर्चुअल’ उद्घाटन गरिनेछ ।

पुस्तकालयको विकास र विस्तारका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएबापत पुस्तकालय दिवस मूल समारोह समितिका उपाध्यक्ष तथा विद्यालय शिक्षा महाशाखा प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारी संयोजक रहेको पाँच सदस्यीय सम्मान तथा पुरस्कार छनोट उपसमितिले निर्णय गरेको हो । सम्मान तथा पुरस्कारले पुस्तकालय क्षेत्रको विकास, सक्रियता र समुदायसँगको सम्बन्धलाई प्रोत्साहित गर्ने प्रचारप्रसार समिति संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुयभो ।

दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा मूल समारोह समिति गठन तथा विभिन्न उपसमिति गठन गरिएको छ । नेपाल सरकारले २०६५ सालदेखि हरेक वर्ष भदौ १५ मा पुस्तकालय दिवस मनाउँदै आएको छ ।

तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ साल भदौ १५ गते पुस्तकालय स्थापना गर्ने कानूनमा लालमोहर लगाइएको स्मृतिमा यो दिवस तय गरिएको हो । नेपाल सामुदायिक पुस्तकालय सङ्घअन्तर्गतका सदस्य पुस्तकालयहरूले सातै प्रदेशमा भदौ १ देखि नै दिनहुँ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, त्रिवि पुस्तकालय तथा विज्ञान केन्द्रीय विभाग, नेपाल लाइब्रेरी फाउन्डेसन, त्रिवि केन्द्रीय पुस्तकालय, पिपुल्स क्याम्पसलगायत शैक्षिक संस्थाले पनि विविध कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

Deep Jyoti Pustak psl
Loading...