भारत लगेर नेपालीका मिर्गाैला बेच्ने एक जना महेन्द्रनगरबाट पक्राउ

धनगढी : सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई एक सय बढी नेपालीलाई भारत पुर्याई मिर्गौला बेचेको आरोपमा पक्राउ गरिएको छ।

भण्डारीको गिरोहले विपन्न व्यक्तिलाई प्रलोभन देखाई दिल्ली पुर्याउने, होटेलमा राख्ने र बेहोस बनाएर मिर्गौला निकाल्ने गरेको भन्दै शनिवार कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार प्रहरीले ’अपरेसन लाइफ सिल्ड’ सञ्चालन गरेको थियो।

भण्डारी नेपालका विभिन्न जिल्लाबाट मानिसहरू भारत लगेर मिर्गौला तस्करीमा संलग्न भएको खुलेको हो। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सहयोग मात्र गरेको बताएको छ।

सुनकोशी गाउँपालिका–७ का ३८ वर्षीय भण्डारीलाई पक्राउ गर्न ब्युरोको टोली महेन्द्रनगर आएको थियो। प्रारम्भिक सोधपुछका क्रममा भण्डारीले भारतको ग्रेटर नोयडास्थित यथार्थ हस्पिटल र विभिन्न क्लिनिकका कर्मचारी तथा एजेन्टसँग समन्वय गरी २५ जना व्यक्तिको मृगौला झिक्न लगाई पैसा लिएको स्वीकार गरेका छन्।

तर प्रहरीले भने भण्डारी एक सयभन्दा धेरै व्यक्तिहरूको मिर्गौला बेचबिखनमा संलग्न भएको कुरा आफूहरूलाई जानकारीमा आएको दाबी गरेको छ। उनीसहितको टोलीले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायत जिल्लाका विपन्न व्यक्तिलाई प्रलोभन दिएर दिल्ली पु¥याउने गरेको थियो।

उनीहरूले एउटा मिर्गौला दिँदैमा मानिस मर्दैन र स्वास्थ्यमा कुनै असर गर्दैन भनी संगठित रुपमा टिम परिचालन गरी प्रलोभन दिन लगाउने र मृगौला दिने मानिस खोजेबापत प्रतिव्यक्ति ५० हजार दिने गरेको पाइएको छ। उनीहरूलाई नेपालबाटै गाडी व्यवस्था गरी दिल्लीसम्म पु¥याउने गरिएको थियो। ती व्यक्तिलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटेलमा लगेर राख्ने र खाने बस्ने व्यवस्था मिलाइएको थियो।

मिर्गौला निकाल्नुअघि होटेलबाट निकाली आँखामा पट्टी लगाई गाडीमा राखी अज्ञातस्थलमा लगी इन्जेक्सन लगाएर बेहोस गराइने गरेको पनि प्रहरीले जनाएको छ। गिरोहले मिर्गौला झिकेपछि ३/४ दिन अस्पताल राखेर गाडीमै नेपाल पठाउँने गरेको थियो। अस्पतालका कर्मचारी होटेलमै आएर रगतको नमुना संकलन गथ्र्यो। ५ जना पीडितले जाहेरी दिइसकेका छन्।

यस घटनामा प्रहरीले ४ वटा मुद्दा दर्ता गरिसकेको जनाएको छ। भण्डारीको टिमले एक जना व्यक्तिलाई मिर्गौला दिएबापत ६ लाख नेपाली रुपैयाँ दिने लोभ देखाएको थियो। तर, उक्त रकम भने नदिएको उनीहरूले जाहेरीमा उल्लेख गरेका छन्। भण्डारी तीन वर्षदेखि लाजपत नगरमै बसोबास गर्दै आएका थिए।

Deep Jyoti Pustak psl
Loading...