गायक महेन्द्र राम पार्कीको “पैसा फल्ने रुख” गीत सार्वजनिक

अत्तरिया : सुदूरपश्चिमका लोकप्रिय देउडा सर्जक तथा गायक महेन्द्र राम पार्कीले नयाँ गीत “पैसा फल्ने रुख” सार्वजनिक गरेका छन्।

शब्द, संगीत र स्वर गायक पार्की स्वयंको रहेको यो गीत हालै उनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा गरिबको कष्टकर जीवन, परदेशको पीडा, अन्जान सहरको बसाइ र आफ्नै देशमा रोजगारी नपाउने यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गीतमा विशेषगरी लाखौँ नेपालीले भोगिरहेको रिनमा डुबेर पढेपनि रोजगार नपाउने समस्या तथा परदेशमा असुरक्षित भविष्यलाई चित्रण गरिएको छ। लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएका गायक पार्कीले स्थानीय कला, संस्कृति र भाषा जगेर्ना गर्दै निरन्तर अघि बढीरहेका छन्।

गीत सार्वजनिक भएपछि दर्शक–श्रोताले गीतमा उतारिएको वास्तविक पीडाले मन छोएको प्रतिक्रिया दिएका छन्।

Deep Jyoti Pustak psl
Loading...