भुकम्प पिडितलाई गोदावरीका नगरप्रमुख भट्टले दुई महिनाको सेवासुविधा दिने

अत्तरिया : जाजरकोटका भुकम्प पिडितहरुलाई कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले आफ्नो २ महिनाको सेवासुविधा प्रदान गर्ने भएका छन ।

शुक्रबार राती गएको भुकम्पका कारण पिडित बनेका नागरिकहरुका लागि नगरप्रमुख भट्टले आफुले पाउने २ महिनाको सेवासुविधा उपलब्ध गराउने भएका हुन । उनले भुकम्पका कारण ठुलो मात्रामा भएको धनजनको क्षतीमा थोरै भएपनि राहत पुगोस भन्ने हेतुले आफुले सहयोग गरेको बताए । देशमा ठुलो विपत्ति आएकाले सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत नगरप्रमुख भट्टले अनुरोध गरे ।

यस्तै नगरपालिकाले पनि भुकम्प पिडितहरुका लागि १ लाख रुपैया सहयोग गर्ने भएको छ । नगरपालिकाले शनिबार एक सुचना जारी गर्दै नगरपालिकाका तर्फबाट भुकम्प पिडितलाई १ लाख रुपैया उपलब्ध गराउने जनाएको हो ।

भुकम्प पिडितहरुको उद्दार र पुर्नस्थापनका लागि उक्त रकम सहयोग गरिएको सुचनामा उल्लेख गरिएको छ । उक्त रकम पिडितहरुको उद्दारका लागि नेपाल सरकारलाई उपलब्ध गराईने बताईएको छ ।

Loading...