मानाङ्क सहकारीको १४औ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच संस्थाको १४औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष वेदप्रकाश पाण्डेयको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि संस्थाका निवर्तमान उपाध्यक्ष एवम् कृषि विकास बैंकका पुर्व शाखा प्रमुख केशव दत्त जोशी रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी र संस्थाका सल्लाहकार समिति संयोजक एवम् पुर्व अध्यक्ष राजु भट्टराई विशिष्ठ अतिथि रहेका थिए ।

२०६८ सालमा २६ जनाको १ लाख २५ हजार शेयर पुँजीबाट सुरु भएको सहकारीको हाल २ करोड २९ लाख ८७ हजार ५०० शेयरपुँजी रहेको छ । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष पाण्डेयले प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण प्रतिवेदन संस्थाका लेखासुपरिवेक्षण समितिका सदस्य शंकर बहादुर कुँवरले प्रस्तुत गरेका थिए ।

यस्तै संस्थाको लेखापरिक्षण प्रतिवेदन भने संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले प्रस्तुत गरेका थिए । संस्थाले केन्द्रिय कार्यालय सहित अत्तरियाको महेन्द्रनगररोडमा र गोदावरी नगरपालिका– ५ गेटामा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएर सेवा दिदै आईरहेको छ ।

उक्त सहकारी राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट सम्मानित समेत भैसकेको छ । राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट प्रादेशीक सदस्यका रुपमा मानाङ्कलाई सम्मानित गरेको थियो । साधारण सभामा गोदावरी नगरक्षेत्रका विभिन्न सहकारीका प्रमुख एवम् प्रतिनिधि र शेयरसदस्यहरुको सहभागिता रहेको थियो ।

संस्थाका सञ्चालक समिति सदस्य बालकृष्ण भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक कमल सिँ विश्वकर्माले गरेका थिए ।

Deep Jyoti Pustak psl
Loading...