कैलालीको धनगढीका एक फरार प्रतिबादी पक्राउ

धनगढी : कैलालीको धनगढीका एक फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २९ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका ७ मनेहरा बस्ने २० वर्षीय कनैया राना पक्राउ परेका छन्।

रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Loading...