टीकापुरबाट सात जुवाडे पक्राउ

अत्तरिया :  कैलालीको टीकापुरबाट सात जुवाडे पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर २ विकासपुरका विकाश बुढाको घरबाट सात जना जुवाडे पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार २७ वर्षीय अजुर्न खत्रीसहितका सात जना जुवाडे शनिवार बिहान पक्राउ परेका छन्।

उनीहरूको साथबाट इलाका प्रहरी कार्यालय, टीकापुरले २४ हजार २५ रुपैयाँ र तीन गड्डी तासमेत बरामद गरेको छ। घटनाको टीकापुर प्रहरीले अनुसन्धान गर्दैछ।

Loading...