डडेल्धुरा : डडेल्धुराको रंगुन खोलामा बगेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको आलिताल गाउँपालिका–३ नवलपुरका ५४ वर्षीय ईश्वर बुढामगरको रङ्गुन खोलामा बगेर मृत्यु भएको हो । भदौ १८ गते बुधबार राति करिब २ बजे घरबाट निस्केका उनी हराएपछि परिवारले खोजी गरेको थियो ।
खोजीक्रममै शुक्रबार साँझ ५ बजे परशुराम नगरपालिका–१२ तुलाभाडीस्थित रङ्गुन खोलाको किनारमा उनको शव फेला परेको डडेल्धुरा प्रहरी निरीक्षक डम्मर विष्टले जानकारी दिए ।
परिवारका अनुसार बुढामगरको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । हाल शवलाई पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।