परशुरामका मेयर जोशीले भूकम्प पीडितलाई एकलाख रकम सहयोग गर्ने

श्याम बोहरा,जोगबुढा : डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशीले भूकम्प पीडितलाई एकलाख रकम सहयोग गर्ने घोषणा गरेका छन्।

उनले आफूले पाउने सुविधावापतको एकलाख रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई दिने घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफुले नगरपालिकाबाट नियमानुसार पाउने सेवा सुबिधा तथा ब्यक्तिगत खर्च कटौती गरि सहयोग स्वरूप एक लाख रकम दिने प्रतिबद्धता गरेका छन ।

Loading...