बैतडी : बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको शनिबार भिरबाट लडेर मृत्यु भएको हो।
दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले जानकारी दिएका छन् ।
भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत छात्रा हुन ।