लागूऔषध मुद्दामा फरार अभियुक्त पक्राउ

धनगढी : कैलालीमा लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध (खैरो हेरोइन) मुद्दामा ४ महिना ३ दिन कैद सजाय तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २६ वर्षीय गोबिन्द बिष्ट रहेका छन्। इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले बिष्टलाई उनकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...