अत्तरिया : बैतडीबाट करणीमा संलग्न रहेकी फरार प्रतिबादी पक्राउ परेकी छिन्।
हाडनाता करणी मुद्धामा सिगास गाउँपालिका–३ रक्सौन बस्ने ३० वर्षीया राजमती धामी शनिबार साँझ पक्राउ परेकी हुन्।
जिल्ला अदालत बैतडीले धामीलाई २०७३ असार १८ गते १ वर्ष कैद सजाय तोकेपछि उनी फरार रहेकी थिइन्।
प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले घर ठेगानमा फेला पारी धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
