साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाण्डौ : साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । कोलम्बो रेसकोर्स मैदानमा हिजो भएको दोस्रो सेमिफाइनलमा भारतसँग ३-० गोलले पराजित हुँदै नेपाल अन्तिम चारबाट बाहिरिएको हो ।

भारतको जितमा गुनलेइबा वाङखेरकपाम, अजलान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गरे । पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । तर, खेलको ६१औँ मिनेटमा वाङखेरकपामको गोलमार्फत भारतले अग्रता लियो ।

८०औँ मिनेटमा अजलानले अग्रता दोब्बर बनाएका थिए । इन्जुरी समयको चौथो मिनेटमा थोक्चोमले गोल गर्दै ३-० को सहज जित दिलाए ।

Deep Jyoti Pustak psl
Loading...