काठमाडौँ : अविरल वर्षाका कारण जनजीवन प्रभावित भएपछि सरकारले भोलि (आइतवार) र पर्सि (सोमवार) बिदा दिने निर्णय गरेको छ ।
सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
