कञ्चनपुरमा एक लाख ९५ हजार चार सय मूल्यका सामान बरामद

अत्तरिया : कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–६ बाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।

करिब एक लाख ९५ हजार चार सय मूल्यका अबैध सामान लुकाई राखेको अवस्थामा कञ्चनपुर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो।

विभिन्न किसिमका जुत्ता, चप्पल, भेष्ट, साइकल ट्युब, चिनी र गुड लगायत भन्सार छलीका सामान आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

Deep Jyoti Pustak psl
Loading...