डोटीमा ट्राफिक प्रहरीलाई ठक्कर दिने बस चालक पक्राउ

डोटी : डोटीको शिखर नगरपालिकामा ट्राफिक प्रहरी जवान शंकर बलायरलाई ठक्कर दिएको बस चालक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय डोटीले ठक्कर दिएर फरार रहेका बस चालकलाई सोमबार पक्राउ गरेको जनाएको हाे ।

शिखर नगरपालिका-८ तिलताली घर भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान शंकर बलायर असोज १७ मध्यराति १२ः१५ बजेतिर मृत भेटिएका थिए । प्रहरीको अनुसन्धानले मध्यराति बसले ठक्कर दिएर बलायरको मृत्यु भएको जनाएको छ । बलायरलाई ठक्कर दिएर चालक बससहित फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र नेपालले पक्राउ परेकालाई केही दिनमै आधिकारिक रूपमा सार्वजनिक गरिने बताएका छन । पक्राउ परेका व्यक्तिले कसुर स्वीकार गरिसकेको डोटी प्रहरीले जनाएको छ ।

Dhn Upa. Dashain 2082
Loading...