बझाङमा रुखबाट लडेर एक जनाको मृत्यु

अत्तरिया : रुखबाट लडेर बझाङमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको थलारा गाउँपालिका–८ पण्डित गाउँका ५५ वर्षीय गंगादत्त पण्डितको रुखबाट लडेर मृत्यु भएको हो।

भीमलको रुखमा चढेर घाँस काटिरहेका पण्डित आइतबार बिहान रुखबाट लडेर गम्भीर घाइते भएका थिए।

घाइते पण्डितको जिल्ला अस्पताल सिमखेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन्।

Deep Jyoti Pustak psl
Loading...