अत्तरिया : कैलालीको अत्तरियामा आयोजना हुन लागेको लोटस आई क्रिकेट कप प्रतियोगीताको ट्रफी र टाईसिट सार्वजनिक गरिएको छ । आयोजक अत्तरिया क्रिकेट क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी यही असोज १७ गतेदेखी सुरु हुन लागेको प्रतियोगीताको ट्रफी र टाईसिट सार्वजनिक गरेको हो ।
प्रतियोगीतामा कैलाली र कञ्चनपुरका ८ वटा विद्यालयहरुको सहभागीता रहेको प्रतियोगीताका संयोजक कमल कडायतले जानकारी दिए । उनले टि-२० फरमेटमा हुने प्रतियोगीतामा सहभागी विद्यालयहरुलाई दुई समुहमा विभाजन गरिएको बताए ।
समुह ‘ए’ मा सैनिक आवासिय महाविद्यालय, लोटस आई अंग्रेजी मावि, कञ्चनजंगा मावि र सरस्वती मावि रहेका छन भने समुह ‘बि’ मा सत्यवती एकेडेमी, दुर्गालक्ष्मी नमुना मावि, जेके मावि र ज्योती अंग्रेजी बोर्डिङ स्कुल रहेका छन ।

प्रतियोगीताको प्रथम टिमले नगद रु. १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त छन । प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद रु. ५/५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी प्रतियोगीतामा उदयीमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।
प्रतियोगिता गोदावरी नगरपालिका-३ शान्तिपुर जानेबाटोमा रहेको खेल मैदानमा हुने भएको छ । खेल संयोजक कमल कडायतको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा लोटस आई अंग्रेजी बोर्डिङ स्कुलका म्योनेजिङ डाईरेक्टर धुर्ब कडायत प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रतियोगीतामा सहभागी सम्पुर्ण विद्यालयका खेल शिक्षकहरुको उपस्थिति रहेको थियो ।