कञ्चनपुरमा भैँसी बाँध्ने गोठमा आगलागी

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आगलागी भएको छ।

नगरपालिकाको वडा नम्बर–२ बंक बस्ने धन बहादुर चन्दको दुई तले कच्ची भान्छा घरसँगै जोडिएको भैँसी बाँध्ने गोठमा झिँगा धपाउन भनि बालेको आगो सल्केर आगलागी भएको हो।

आईतबार आगलागी हुँदा गोठमा रहेको पराल, भुसा, काठपात लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

मानविय तथा चौपाया क्षेती नभएको र अन्दाजी दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...