दार्चुलामा साईकलबाट लडेर २८ वर्षीय युवकको मृत्यु

दार्चुला : दार्चुलामा साईकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

दार्चुलाको महाकाली नगरपालिका–५ रिङ्ने ताल स्थित सोही ठाँउ बस्ने २८ वर्षीय अमृत डोबालको मृत्यु भएको हो। डोबाल साईकल चलाउदै बाङ्गाबगर जाने क्रममा एक्कासि सडकको भित्तामा ठोकीएर टाउकोमा गम्भिर चोट लागेको थियो।

घाईते भएका डोबालको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा शुक्रवार मृत्यु भएको जिलला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...