धनगढीको एक पसलमा चोरी

धनगढी : कैलालीको धनगढीमा एक पसलमा चोरी भएको छ।

धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली मार्गमा रहेको चौधरी हार्डवयर एण्ड सप्लायर्समा शुक्रवार राति चोरी भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीले पाँच लाख रुपैयाँ नगद र सोही बराबरको सामान चोरी गरिएको बताएको छ।

जस्ता पाताले छाएको पसलको छानोबाट गोदाममा पसेर चोरी गरिएको चौधरी हार्डवयरका प्रबन्ध निर्देशक जयप्रकाश चौधरीले बताए। नगद पाँच लाखसहित ठुलो परिमाणमा महत्वपूर्ण सामान चोरी भएको उनले बताएका छन्।

Deep Jyoti Pustak psl
Loading...